Shikhar Insurance
National Life

३ दिनमा २०१ अंकले घटेको नेप्से बुधबार ५० अंकले बढ्यो, कारोबार रकम ५ अर्बमात्र

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा ५० अंकको सुधार आएका छ । बुधबार नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९४ अंकमा आइपुगेको थियो ।

३ दिनमा २०१ अंकले खस्किएर नेप्से ५ महिनाकै न्यून बिन्दुमा पुगेको थियो । बुधबार भने १.९३ प्रतिशतले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो ३ दिन सेयर बजारमा कम्पनीहरूको मूल्यमा उच्च गिरावट भइरहेको थियो ।

कारोबार आएका १७८ कम्पनीको सेयर मूल्य बढ्दा नेप्सेमा उच्च सुधार आयो । आज ११ कम्पनीको मात्र सेयर मूल्य घटे ।

कारोबार सुरू भएसँगै बढ्ने संकेत गरेको नेप्से केहीबेर ह्वात्तै घटेको थियो । त्यसपछि परिसूचक सम्हालिएर सुधार आएको हो ।बुधबारको बजारमा २२९ स्क्रिप्टका ९८ लाख कित्ता सेयर ५ अर्ब २ करोड रूपैयाँमा किनबेच भए ।

आज २ कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा अरू ६ वटाको मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आयो ।

GBIME

प्रतिक्रिया दिनुहोस्