Shikhar Insurance
National Life

निजी क्षेत्रका समस्या संवादबाटै हल हुन्छ : ऊर्जामन्त्री भुसाल

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौँ । ऊर्जा, जलस्रो तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रका समस्या राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाएकी छन् । केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढाउने सरकारको नीति भएको स्पष्ट पारिन् ।

“समग्र विकास राज्य, निजी क्षेत्र र सहकारीको परिचालनबाट गर्ने भनेर हामीले संविधानमै उल्लेख गरेका छौँ । त्यसको भरपर्दोरूपमा राज्यले अख्तियार गर्छ,” मन्त्री भुसालले भनिन्, “यहाँहरूका पेशागत जीवनमा परेका समस्यालाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्नेछ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्वका विकसित मुलुक कल्याणकारी राज्य भएको तर हामीले अधिकार स्थापित गर्ने राज्यका रूपमा विकास गरेको उल्लेख गर्दै उनले भनिन्, “शिक्षा, स्वास्थ्य, रोजगार, आवास, खाद्यलगायत हकलाई मौलिक हका रूपपमा विकास गरेका छौँ ।” मन्त्री भुसालले सूचनासञ्चार क्षेत्रमा भएका विकास हामीले जीवन व्याहारमा अभ्यास गर्न पाएको अधिकारलाई कतै पनि न्यूनीकरण गर्न नहुने स्पष्ट पारिन् ।

लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक घणतन्त्रसम्म पुगेको उल्लेख गर्दै उहाँले राजनीतिक आन्दोनलाई निस्कर्षमा पुरर्‍याउनेमात्र हाईन कार्यान्वयनको अवसरमा पाएकाले सबै क्षेत्रले त्यसलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् । मन्त्री भुसालले भनिन्, “आन्दोलनबाट प्राप्त गरेको महत्वपूण हक सूचना र सञ्चारको हो । यो अधिकार स्थापित गर्न सञ्चारकर्मीमा महत्वपूर्ण भूमिका रहेको छ ।”
सबै क्षेत्रका जनताको सहयोगबाट अहिलेको राजनीतिक उपलब्धि प्राप्त गरेको उल्लेख गर्दै मन्त्री भुसालले संरक्षण र सम्बद्र्धन गर्ने दायित्व पनि सबैको भएको स्पष्ट पारिन् ।

कार्यक्रममा व्यावसायीले पोलको भाडा बढाएका र राज्यका नीतिगत विषयले आफ्नो व्यवसाय अप्ठ्यारोमा परेको भन्दै गुनासो गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्