काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पुस १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत बीमाशुल्क १ हजार ५० रुपैयाँ तिरेर बीमा गराएका थिए ।
गौलीलाई १८ ओटा घातक रोग मध्ये मुटुमा समस्या देखा परेको हुँदा कम्पनीले उपचार खर्च गर्नको लागि रकम दिएको हो । बीमा रकम कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधरले हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस्