Shikhar Insurance
National Life

‘पुँजीबजार स्थायित्वका लागि कानुनी लडाइँ सुरु भयो’ भन्दै वकिलहरु एकजुट

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार २०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजी बजारको विकास र विस्तारका लागि वकिलहरु एक जुट भएका छन् । नेपालको पुँजी बजारलाई बलियो, पारदर्शी, मर्यादित र अन्तर्राष्ट्रिय अभ्यासको बनाउन आधा दर्जन बढी वकिलहरु संगठित भएका हुन् ।

पुँजी बजार सम्बन्धि वकालत गर्ने ७ जना वकिलहरु संगठित भई ‘लयर्स फोरम फर क्यापिटल मार्केट’ समिति गठन गरेका छन् । अधिवक्ता कपिल देव ढकालको संयोजकत्वमा मंगलबार समिति गठन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘लयर्स फोरम फर क्यापिटल मार्केट’ समितिमा अधिवक्ताहरू भरत लामिछाने, मन्दिरा अधिकारी, कमल ढुंगना, दिनेश आचार्य, मकन तामाङ र अजय श्रेष्ठ सदस्य छन् ।
उक्त समितिले पुँजी बजारलाई बलियो, पारदर्शी मर्यादित बनाउन नीति तथा विधिमा आधारित रहेर सरोकारवाला निकायसँग संवाद तथा छलफल गर्ने, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधिको प्रयोग, कानुनको तुलनात्मक अध्ययन गर्ने लगायतको लक्ष्य राखेको समितिका संयोजक अधिवक्ता ढकालले जानकारी दिए ।

संसारको धनी व्यक्तिको निर्माण पुँजी बजारले गरे तापनि यस क्षेत्रालाई हेर्ने नराम्रो राजनीतिक दृष्टिकोणले गर्दा चाहेर सबै प्रकारका लगानीकर्ताले यसका लागि आवाज उठान गर्न नसकेको उनको भनाइ छ ।

‘नेपालको पुँजी बजारलाई अर्थमन्त्रीको फोन कल, राष्ट्र बैंकका गभर्नरको अन्तरवार्ता लगायत अन्य केही लगानीकर्ताको केही धारणाले समेत प्रभाव गर्छ,’ अधिवक्ता ढकालले सिंहदरबादसँग भने, ‘हरेक पेशा व्यवसायमा लागेका व्यक्तिहरू पुँजी बजारमा आवद्ध भएपनि यो क्षेत्र ठिक होइन भन्ने धारणा उनीहरुमा छ, भोलिको दिनमा पुँजी बजारको विकास विस्तारका लागि डाक्टर, इन्जिनियर,वकिल, पत्रकार, पाईलट, व्यवसायी सबैलाई हातेमालो गर्न वातावरण सिर्जना गर्छौं ।’

वकिलहरुले पुँजी बजारको स्थायित्वका लागि वास्तवमा कुन कुरा आवश्यक छ, त्यसको निर्क्योल गरी सम्बन्धित निकायमा सबै प्रकारका लगानीकर्ताको पहुँच पु¥याउने उनको भनाइ छ ।

पुँजी बजारको स्थायित्वका लागि पछिल्लो समय विभिन्न संघ, संस्था तथा समितिहरु गठन भएका छन् । यिनीहरुले उठान गरेका विषय तथा मागहरुलाई कानुनी रुपमा मुर्त रुप दिन ‘लयर्स फोरम फर क्यापिटल मार्केट’ समितिले सहयोग गर्ने समितिका संयोजक ढकालको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्