Shikhar Insurance
National Life

१५० रुपैयाँ तिरेर दुई मुठा रायो : ल आयो है दशैं, मासुभन्दा महंगो हुँदै साग !

भुमिका तिमल्सिना
२०७८ आश्विन १२, मंगलवार १८:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । बजारमा तरकारी किनेर खान उपत्यकावासीलाई हम्मे पर्न थालेको छ । तरकारीको मूल्य थोक बजारमा नै महंगो हुँदा उपभोक्ताले खुद्रा पसलबाट किनेर खानै नसकिने अवस्था आएको छ । दिन प्रतिदिन व्यापारीले नियमित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृद्धि गर्दा उपभोक्ता मारमा परेका छन् । सामान्य हरियो सागपात किनेर खानभन्दा मासु किनेर खान सस्तो पर्ने अवस्था आएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेको व्यापारी बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो १५० रुपैयाँ तोकिएकोमा व्यापारीले भने प्रतिकिलो २५० रुपैयाँसम्म तिर्न बाध्य पारेको उपत्यकावासी बताउँछन् । उपभोक्ता, अर्थशास्त्री एवं पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले सामाजिक संजालमा लेखेका छन्, ‘१५० रुपैयाँ तिरेर दुई मुठा साग, ल आयो है दशैं ।’ बजार अनुगमनमा कमी भएकाले व्यापारीले चरम लापरवाही गर्न थालेको उपभोक्ताको गुनासो छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्यको क्षेत्र धेरै भएकाले व्यापारीले आँखा छल्दा नियन्त्रण गर्न सम्भव नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं बताउँछन् । उनी भन्छन्, “कसैले कानुन विपरीत बढी मूल्य लिएर ठग्ने प्रयास गरेमा कानुन बमोजिम कारवाही अघि बढाउछौँ । हामीले हेर्न त हेरिरहेका छौँ । हामीले गर्ने काममा कुनै कमी ल्याएका छैनौं । तर, तरकारीको मूल्य बढ्नुमा विचौलियाको पनि हात धेरै हुन्छ ।” उनले यस विषयमा कृषि मन्त्रालयलाई पनि ध्यानाकर्षण गराए ।

कृषि विभाग भने बजारको अवस्था निगरानी तथा मूल्यांकन गर्ने जिम्मेवारी वाणिज्य विभागकै भएको बताउँछन् । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले विभागले बजार हेरेर कृषिलाई जानकारी गराएपछिमात्रै अनुगमन गर्ने तर सुरुवाती जिम्मेवारी वाणिज्यकै भएको बताए ।

उपत्यकामा निरन्तर वर्षाले उत्पादन भएका वस्तुहरु आपूर्ति हुन असहज भएकाले अस्वभाविक मूल्य वृद्धि भएको उनको भनाइ छ । “व्यापारीले आफ्नो घाटालाई जोडेर मार्जिन राख्दा उपभोक्ताले तोकिएभन्दा बढी तिर्न परेको छ । विचौलियाका कारण पनि मूल्यमा प्रभाव पार्छ,” उनले भने ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आज पालुंगो प्रतिकिलो दुई सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तोरीको साग भने प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ । कालिमाटीमै महंगो भएको तरकारी उपभोक्तासम्म आइपुग्दा झण्डै दोब्बरले वृद्धि हुन्छ ।

आज साताको तेस्रो दिन मंगलबार कुरीलोको भाउमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरका री बजार विकास समितिको तथ्यांकअनुसार एकैदिनमा कुरीलोको मूल्य एक सय रुपैयाँले बढेको छ। हिजो प्रतिकिलो ८०० रुपैयाँमा कारोबार भएकमा आज एक सय रुपैयाँले मूल्य वृद्धि हुँदा प्रतिकिलो ९०० रुपैयाँ कायम भएको बजार विकास समितिले जनाएको छ ।

त्यस्तै, आज काउलीको मूल्य भने १० रुपैयाँले घटेको छ । तथ्यांकअनुसार हिजो सोमबार प्रतिकिलो अधिकतम एक सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर अधिकतम प्रतिकिलो ९० रुपैयाँ कायम भएको हो । आज सानो गोलभेँडाको मूल्य अधिकतम ४० रुपैयाँ र न्यूनतम ३३ रुपैयाँमा कारोबार भएको छ ।

आज मंगलबार कागतीको मूल्यमा भने धेरै नै वृद्धि भएको छ । हिजो सोमबार प्रतिकिलो १८० रुपैयाँमा कारोबार भएकोमा आज ७० रुपैयाँको वृद्धि भएर आज कागतीको मूल्य २२५ रुपैयाँ कायम भएको तरकारी बजार विकास समितिले जनाएको छ ।

अहिले कागतीको प्रयोग पनि धेरै बढ्दै गएकाले यसको उत्पादनमा कमी भएकाले पनि बजारमा यसको भाउ उकालो लागेको व्यवसायीको भनाइ छ । कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्दै आएको छ ।

– न्युज कारखाना 

GBIME

प्रतिक्रिया दिनुहोस्