काठमाडौं । नेपाली आकाश जोखिमको घरै भएको तथ्य सबैलाई थाहै छ । वर्षेनी हवाइजहाज दुर्घटनामा ठूलो जनधनको क्षती हुने गरेको छ ।
समयसमयमा आन्तरिक र अन्तर्राष्ट्रिय बिमान यति लापरबाहीका कारण दुर्घटनामा पर्छन्, जुन क्षमायोग्य नै हुँदैन । नेपाली आकास र पुरै वायुसेवा इन्डस्ट्रि अन्तर्राष्ट्रिय संघसंस्थाको कालोसूचीमा पर्नुको कारण पनि उनै वायुसेवा कम्पनीहरू नै हुन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट मुक्त भएको चार वर्ष बितिसक्दा पनि युरोपियन युनियन (ईयू) को हवाई सुरक्षा सूची (ब्ल्याकलिस्ट) बाट नेपाल अझै हटेको छैन । मुख्य गरी हवाई दुर्घटना, हवाई सुरक्षा विश्वव्यापी मापदण्ड तथा सिफारिसहरूको कमजोर परिपालना, औसत परिपालनाको न्यून दरजस्ता तीनवटा विषयलाई आधार मानेर नेपाललाई कालोसूचीमा राखेको थियो ।
त्यसमा नेपालसहित विश्वका २१ वटा मुलुकका २ सय ९७ एयरलाइन्स थिए । वर्षौं बितिसक्दा पनि जोखिमको सूचीबाट हट्न नसक्नुको ‘मुख्य जिम्मेवार’ वायुसेवा कम्पनी नै छन्, जसको नेतृत्व नेपालको नम्बर वान एयरलाइन्स भनिने बुद्ध एयरले गर्दै आएको छ ।
बुद्धको लापरवाहीको हद विश्लेषण गरिसाध्यै छैन । सामान्य सुरक्षा उपाय नअपनाउँदा सयौं यात्रु दुर्घटनाको जोखिममा छन् ।
केहीदिन अघि जनकपुर जाने जहाज पोखरा ल्यान्डिङ गराएको बुद्धले सोमबार बिहान एकैपल्ट दुई ठूला गल्ती गर्न पुग्यो । पाइलटको अनुभव र धैर्यताका कारण कसैको ज्यान गएन, धनको क्षती भएन ।
सामान्यतया बिमान उड्नु अघि सबै प्राविधिक स्थिति जाँच गरेर मात्र बिमान उडाइन्छ । विमान उडान पूर्व नै सम्पूर्ण प्राविधिको पाटो चेकजाँच गर्नु पर्ने भए पनि बुद्ध एयरको विमानमा उडेपछि प्राविधिक त्रुटि देखिएको हो । उक्त प्राविधिक त्रुटीको कारण जहाज काठमाडौं फिर्ता हुनु परेको बुद्धका अधिकारीहरूले स्वीकार गरेका छन् ।
ककपिटमा धुवाँ देखिएपछि पोखराका लागि बिहानै काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको थियो । यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं नै फर्किएको हो ।
बिमान बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । अचानक जहाजको ककपिटबाट धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको थियो । ल्यान्ड गर्नुअघि केही समय जहाजलाई आकासमा होल्ड गरिएको थियो ।
लगत्तै क्रु मेम्बरसहित ७७ जना बोकेर बिराटनगर उडेको जहाज ल्यान्डिङ गियर नखुल्ने समस्याका कारण काठमाडौं फर्किएको थियो । बिमानलाई राजधानीको आकाशमा आधा घन्टा होल्ड गरी १०.२१ बजे ल्यान्ड गराइएको छ । सो जहाज सिनियर क्याप्टेन आङ्गेलु शेर्पाले उडाएका थिए ।
बुद्ध एअरले ल्यान्डिङ गियर खुलेको भएपनि खुलेको संकेत नदेखिएको बताएको छ ।
गत पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका थिए । बुद्ध एयरको ६०७ नम्बरको नियमित उडानबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका थिए । त्यतिबेला मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेका थिएनन् । विमानस्थलमै एयरलाइन्सका कर्मचारीको लापरबाहीले यस्तो भएको थियो ।
एयरलाइन्सका कर्मचारीले यात्रुलाई पोखरा जाने बिमानमा चढाइदिएका थिए । अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए । सो घटनामा क्रनै जनधनको क्षती भएको थिएन तर समयको बर्बादीका कारण बुद्ध नै थियो ।
बुद्ध एयरले भने जनकपुर र पोखराको एकै समय परेको उडानमा यस्तो घटना भएको बताएको थियो । यात्रुले पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे जानकारी पाएका थिए ।
बुद्ध एयर नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनी हो । अन्तर्राष्ट्रिय र राष्टिय दुवै उडान गर्ने बुद्ध एयरले नेपालका १४ स्थानमा र भारत र भुटानमा (चार्टर) पनि उडान गर्छ ।
अक्टोवर १९९७ मा विच १९०० डीबाट बुद्ध एयरले आफ्नो उडान सुरु गरेको थियो । सञ्चालनको २० वर्ष पूरा गर्दासम्म कम्पनीले १ करोड १ लाख भन्दा बढी मानिसहरूलाई उडान सेवा प्रदान गरिसकेको छ । कम्पनीले सुरक्षामा कुनै सम्झौता नगर्ने र यात्रुलाई पहिलो प्राथमिकतामा राखेको बताउने गरेको छ ।
बुद्धसँग ३ वटा एटीआर ४२, ६ वटा एटीआर ७२ र २ वटा बिचक्र्याफ्ट १९०० डी जहाज छन् ।
स्म्भावित जोखिमबाट जोगाउँदा बुद्धले बेलाबेला वाहवाही पाउँदै आएको छ तर आफ्नै कमजोरीका कारण सम्भावित दुर्घटना हुनबाट जोगिएकामा बुद्ध एअरको प्रशंसा गर्नुपर्ने कुनै तुक छैन ।
बुद्धजस्तै गतिविध अरू जहाज कम्पनीले पनि गर्ने गरेको छन् । आइकाओका विज्ञहरूले नेपालमा आई गरेको स्थलगत अुनगमन र अध्ययन प्रतिवदेनलाई आधार मान्दै ईयूले पनि २०७० साल मंसिरमा आफ्ना सदस्य मुलुकभित्र सबै नेपाली वायुसेवालाई निषेध गरेको थियो । सन् २०१० देखि २०१२ सम्म नेपालमा ८९ जना यात्रुको ज्यान जाने गरी दुर्घटना भएको थियो ।
ईयूको यो हवाई सुरक्षा सूचीलाई अनौपचारिक रूपमा ‘कालोसूची’ भन्ने गरिन्छ ।
ईयूले पछिल्लोपटक विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका नेपाली हवाई सुरक्षाका समाचार सामग्री तथा नागरिक उड्डयन प्राधिकरणको स्थायित्व र दिगोपनामा शंका व्यक्त गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्