Shikhar Insurance
National Life

वर्ल्डरेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४ सय रुपैयाँ बोनस पाइने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्न नयाँ बोनस अफर घोषणा गरेको छ । चाडपर्वको अवसरमा बेलायत, अस्ट्रेलियालगायतका देशमा बसोबास गर्ने नेपालीले अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा पैसा पठाउँदा ४ सय रुपयाँ बोनस रकम पाउने भएका हुन् ।

बैंकले सार्वजनिक गरेको यो योजना असोज ११ देखि कात्तिक १० गतेसम्म लागू हुनेछ । योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ । ४ सय रुपैयाँ बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वर्ल्ड रेमिटको वेबसाइट तथा एपबाट विदेशमा रहेका नेपालीले आफ्ना मान्छेको बैंक खातामा पैसा पठाउन सक्छन् ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा मोबाइल बैंकिङ्ग एपमार्फत आन्तरिक रेमिट्यान्स सुविधा समेत ग्राहक महानुभावहरूलाई उपलब्ध गराउँदै आइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्