Shikhar Insurance
National Life

अर्को पहिरो आएर नेप्से २६८५ अंकमा, २ कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट

१ सय ८२ कम्पनीको सेयर मूल्य घटे
सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा अर्को पहिरो आएको छ । सोमबार नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा आइपुगेको हो ।

१ सय ८२ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा २.६५ प्रतिशतको गिरावट आएको हो । बजारमा कुल १ करोड ४ लाख कित्ता सेयर ५ अर्ब १२ करोड रूपैयाँमा किनबेच भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजार खुलेदेखि नै घट्न थालेको नेप्से ओरालो लाग्ने क्रम अन्तिमसम्मै कायम रहेको हो ।

सेयर मूल्य घट्ने १८२ कम्पनीमध्ये ६ कम्पनीको मूल्य ७ प्रतिशतले घटे । बढ्नेमध्ये मनकामना स्मार्ट र मैलुङ खोला जलविद्युतको सेयर मूल्यमा सर्किट लागे ।

सबैभन्दा बढी कारोबार भने अरूण भ्यालि हाइड्रोको भयो ।

पछिल्लो समय नेप्से परिसूचक घटिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्