Shikhar Insurance
National Life

गुराँस् लघुवित्तले करिब १८ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १३:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको १० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पुँजीको १६ दशमलव ९० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ छ । लघुवित्तको १६ दशमलव ९० प्रतिशतका दरले एक करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्