Shikhar Insurance
National Life

कोभिडका कारण बेलायती पुरुषको औषत आयु पछिल्लो ४० वर्षमा पहिलोपल्ट घट्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १२:३८
Hyundai
NCELL
NIMB

८ असोज, एजेन्सी । बेलायती पुरुषको औषत आयु घटेको छ । पछिल्लो चालिस वर्षमा पहिलो पटक वेलायती पुरुषको औषत आयु घटेको हो ।

‘कोभिड महामारीका कारण पछिल्लो चालीस वर्षपछि पहिलो पटक वेलायती पुरुषको आयु घटेको हो,’ वेलायतको राष्ट्रिय तथ्यांक कार्यलयका पामेला कोबले भने । तर, महिलाको औषत आयुमा भने कुनै परिवर्तन नभएको कार्यलयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोभिड महामारीअगाडि जन्मिएका बालकको औषत आयु ७९ दशमलव २ वर्ष थियो भने कोभिडको समयमा जन्मिनेको बालकको औषत आयु ७० वर्ष छ । तर, महामारी रोकिएपछि औषत आयुमा पनि परिवर्तन हुने अनुमान गरिएको छ ।

‘अहिले भइरहेको पुरुषको मृत्युदरलाई आधार मानेर हामीले यस्तो निस्कर्ष निकालेका हौं,’ कोबले भने, ‘कोरोना भाइरस महामारी सकिएसँगै मृत्युदरमा पनि परिवर्तन हुन्छ । ’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्