Shikhar Insurance
National Life

किन आयो प्यासिफिक कमाण्डको अमेरिकी सैन्य टोली नेपालमा ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनासँग सहकार्य गर्न भन्दै अमेरिकी सेनाको प्यासिफिक कमान्डको टोली नेपाल भ्रमणमा आएको छ । नेपाल–अमेरिकाबीचको दशकौं लामो सैन्य सम्बन्धलाई थप बलियो बनाउन भन्दै अमेरिकी सेनाको टोली नेपाल आएको हो । नेपालस्थित अमेरिकी दुतावासका अनुसार सैन्य विज्ञता आदान प्रदान गर्ने उदेश्यले आएको हो ।

‘हालै अमेरिकी सेना प्यासिफिकको काउन्टर फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तम प्रविधीहरूका बारेमा विज्ञता आदानप्रदान कार्यक्रम सम्पन्न गरियो।’, दुताबासले भनेको छ ।

चार दिन चल्ने कार्यक्रमले दुई देशका सेनाबिच विज्ञता आदान प्रदान र सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने दुतावासले अपेक्षा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्