Shikhar Insurance
National Life

एभरेष्ट प्रिमियर लिगका लागि “काठमाडौँ किङ्गस ११” को टीम घोषणा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडोैँ । “काठमाडौँ किङ्गस ११” ले चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि पत्रकार सम्मेलन मार्फत आफ्नो टीम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा “काठमाडौँ किङ्गस ११” का कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शाहिद अफ्रिदी सहित टीमहरुको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गरिएको हो ।

पूर्ण अनूभवी, क्षमतावान् “काठमाडौँ किङ्गस ११” टीम एभरेष्ट प्रिमीयर लिगको उपाधिकोे दावेदारीका साथ मैदानमा उत्रिन तयार रहेको छ । उक्त पत्रकार सम्मेलनमा काठमाडौँ किङ्गस ११ ले जर्सी नं सहित आफ्ना खेलाडीहरुको घोषणा गरेको छ् । पाकिस्तानी राष्ट्रिय टीमका पूर्व कप्तान तथा धमाकेदार व्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं १० लगाएर खेल्ने छन् भने यस्तै ख्यातिप्राप्त अर्को अन्तराष्ट्रिय खेलाडी जनप्रकाशले १६ नं को जर्सी लगाएर खेल्ने छन् । अफगानी सशक्त व्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउने छन् ।

काठमाडौँ किङ्गस ११ का कप्तान अन्तराष्ट्रिय स्तरमा नै आफ्नो बलिङ्ग प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नं २५ लगाउने छन् । अरु राष्ट्रिय स्तरका खेलाडीहरु गुल्शन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनीे जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाएर मैदानमा उत्रिने छन् । यस्तै अमित श्रेष्ठ २७ नं जसीर्, राजु रिजाल ५ नं जर्सी, अमर सिङ्ग रौटेला ८१ नं जसीर्, शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाश चन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

६ टीमले प्रतिस्पर्धा गर्ने यो ईपीएल यही असोज ९ गते देखि असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा हुँदैछ । काठमाडौँ किङ्गस ११ ले पहिलो चरणमा असोज ९ गते ललितपुर पाट्रीएट्स, असोज ११ गते बिराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ । विगतका वर्षहरुमा पनि उत्कृष्ट खेल प्रदर्शन गरी सबै दर्शकमाझ लोकप्रियता कमाएकोे काठमाडौँ किङ्गस ११ ले यस पटक पनि उत्कृष्ट टोलीका साथ रोमाञ्चक खेल प्रदर्शन गर्ने दावी गरेको छ ।

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौँ किङ्गस ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट रहेकोे छ भने स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको ‘फेमिली आयल’ र ‘उर्जा राइस’, बैकिङ्ग पार्टनर ‘सिद्धार्थ बैँक’ र इलेक्ट्रिफाइड पार्टनर ‘लिट्मस केवल’ रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्