Shikhar Insurance
National Life

सिटिजन्स बैंकले लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने, बोनस सेयर र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकका लगानीतकर्ताले १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश पाउनेछन् । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिको बैठकले १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१ रुपैयाँ १० पैसा बराबरको बोनस शेयर र ३८ करोड ८२ लाख ५६ हजार ८ सय ७ रुपैयाँ २४ पैसा बराबरको नगद लाभांश (कर समेत) गरी २ अर्ब एक करोड २३ लाख ७ हलार ६ सय ९८ रुपैयाँ ३४ पैसा बराबरको लाभांश दिने भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्