Shikhar Insurance
National Life

विदेश जाने बढे पनि घट्यो रेमिट्यान्स

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रूपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९.२ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८० प्रतिशतले घटेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर आय १६.४ प्रतिशतले कमी आई ८५ अर्ब २१ करोड रूपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्