Shikhar Insurance
National Life

धानको समर्थन मूल्य तोकियो, किसानले गत वर्षभन्दा प्रतिक्विन्टल १७ रूपैयाँ बढी पाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार २१:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रूपैयाँ तोकिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रूपैयाँ बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७३५ रूपैयाँ र मध्यम धानको मूल्य दुई हजार ८८५ रूपैयाँ तोकिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्