Shikhar Insurance
National Life

बिग मर्जर : तोकेको समयमा सुरू भएन एकीकृत कारोबार, समय थप्न राष्ट्र बैंकलाई चिठी

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच हुने भनिएको ‘बिग मर्जर’ तोकेको समयमा सम्भव हुन सकेन । नेपाल राष्ट्र बैंकबाट असार ६ गते मर्जरको सैद्धान्तिक स्वीकृति पाएको मर्जरले ३ महिना बित्दा पनि मुर्तरुप लिन नसकेको हो ।

३ महिना बित्दा पनि एकीकृत कारोबार सुरु हुन नसकेपछि दुई बैंकले राष्ट्र बैंकलाई समय थपिदिन अनुरोध गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्र एकीकृत कारोबार सुरु गरिसक्नुपर्ने व्यवस्था छ । त्यसो हुन नसके समय थप गरिदिन दुवै बैंकका सञ्चालक समितिले राष्ट्र बैंकलाई छुट्टाछुट्टै आग्रह गर्नुपर्छ ।

“सैद्धान्तिक सहमति भएको ३ महिनाभित्रै एकीकृत कारोबार हुन नसक्ने भन्दै समय बित्नुअघि नै समय थपिदिन राष्ट्र बैंकलाई अनुरोध आएको छ,” केन्द्रिय बैंकका प्रवक्ता देवकुमार ढकालले सिंहदरबारसँग भने ।

पछिल्लो समय हिमालयन बैंकका अध्यक्ष रहेका तुल्सीप्रसाद गौतम विवादमा तानिएपछि मर्जर पेचिलो बनेको छ ।

दुई बैंकको मर्जर अहिलेसम्मकै ठूलो मर्जर हो । उनीहरूबीच वेशाख ३० गते नै मर्जरको सम्झौता भएको हो । हिमालयन बैंकका तत्कालीन अध्यक्ष गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेले बिग मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यतिबेलै दुई बैंक मिलेर बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’को एकीकृत कारोबार २ महिनाभित्र सुरू हुने बताइएको थियो ।

नयाँ बैंकको अध्यक्ष इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत हिमालयन अशोक राणा हुने तय भएको थियो । इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुने सहमति भएको थियो ।

यसअघि हिमालयन बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज वा प्राप्ति गरेको थिएन भने इन्भेस्टमेन्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर गरेको थियो ।

१ बराबर १ को स्वाप रेसियोमा मर्ज भएका दुई बैंक मिलेर बन्ने नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुनेछ ।

यी दुईको मर्जर हुन नसके दुवैले छुट्टाछुट्टै पार्टनर खोज्नुपर्ने हुन्छ ।

 

यसअघिः

एक भए हिमालयन र इन्भेस्टमेन्ट, दुई महिनाभित्र एकीकृत कारोबार

मर्जर अघि कस्तो देखियो हिमालयन र नेपाल इन्भेष्टमेन्टको प्रगति ?

हिमालयन बैंकको अध्यक्षबाट हटाईए गौतम, के होला नेपाल इन्भेष्टमेन्टसँगको मर्जर ?

कर्मचारी सञ्चय कोषका प्रशासक गौतम पदमुक्त, के हुन्छ हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जर ?

पेचिलो बन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर, भाँडिए के हुन्छ ?

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्