Shikhar Insurance
National Life

एक सातामा विकास बैंकहरूको कति निक्षेप संकलन र कर्जा लगानी गरे ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । विकास बैंकहरूले एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य विस्तार गरेका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको तथ्यांकअनुसार एक साता (२६ भदौदेखि १ असोज) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरूले गत साता २ अर्ब ४८ करोडले निक्षेप वृद्धि भएको छ । गत साता ४ खर्ब १७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेकोमा १ असोजसम्ममा निक्षेप बढेर  ४ खर्ब १९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५ अर्ब ३४ करोडले बढेर ३ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप संकलनमा सामान्य गिरावट आएको छ । तर, कर्जा लगानीमा भने वृद्धि भएको छ । क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप एक सातामा आठ लाख ४० हजार रुपैयाँले घटेको छ । कर्जा लगानी भने १२ करोड ६६ लाख रुपैयाँले वृद्धि भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्