Shikhar Insurance
National Life

११४ अंकको पहिरो आएर नेप्से २७०० अंक मुनि, सेयर बेच्नेहरू बढे

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक एकैदिन ११४ अंकले घटेको छ । सोमबार सेयर बजारमा भारी पहिरो गएको हो ।

कारोबार भएका १ सय ८१ कम्पनीको सेयर मुल्य घट्दा नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२५ अंकमा आइपुग्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजारमा ४ कम्पनीको मात्र सेयर मूल्य बढेका छन् ।

कारोबार सुरू भएदेखि नै घटेको सेयर बजारमा कारोबार अवधिभर २ सय २५ स्क्रिप्टका १ करोड ७३ लाख कित्ता सेयर ८ अर्ब ४९ करोड रूपैयाँमा किनबेच भए ।

नेप्सेमा गिरावट आएपनि मनकामना स्मार्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सेयर कारोबारीहरू लगातार सस्तोमा सेयर बेच्न तयार हुँदा दर्जन कम्पनीको सेयर मूल्यमा ऋणात्मक सर्किट लागेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्