Shikhar Insurance
National Life

पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १२:५०
Hyundai
NCELL
NIMB

पोखरा । पोखरा फाइनान्सले थप दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा आफ्नो २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

चुक्तापुँजी ९६.३१ करोड रहेको यस वित्तीय संस्थाको हालसम्मको निक्षेप ९ अर्ब ३४ करोड रूपैयाँ तथा कर्जा लगानी ७ अर्ब ४६ करोड रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्