Shikhar Insurance
National Life

अघि बढे सभामुख : एमालेको अबरोधबीच बजेट पास गरिँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।

एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् । नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुवालले सो प्रस्ताव प्रस्तुत गरिरहँदा पनि एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्