Shikhar Insurance
National Life

‘ए’ डिभिजन फुटसल लिगमा ढुकुको विजयी सुरूवात

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार २२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा ढुकु फुटसल हबले विजयी सुरूवात गरेको छ । काठमाडौंको ढुकुले पोखराको सविन मेमोरियललाई ८-६ गोलअन्तरले पराजित गरेको हो ।

ढुकुका लागि विक्रान्त नरसिङ राना, उर्केन शेर्पा र अभय रानाले २/२ तथा अमीत लामा र पेम्बा नार्बु लामाले १ /१ एक गोल गरे । सविनको तर्फबाट अविनास तामाङ र मनीष क्षेत्रीले २/२ तथा सुनील विक र सरोज गुरुङ १/१ गोल फर्काए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दोस्रो दिन ३ खेल भएका छन् । यसअघि लुम्बिनी फुटसलले झरना स्पोर्टसलाई पराजित गरेको थियो भने फुटसल फाइभ धरान र शंखमुल फुटसलको खेल बराबरी खेलेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्