Shikhar Insurance
National Life

‘एमाले होइन, बा पार्टी राख्नुहोस्’

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार २१:४८
Hyundai
NCELL
NIMB

जाजरकोट । नेकपा एमाले बाको दल भएको कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमर थापाले बताएका छन् । नेकपा (एकीकृत समाजवादी)को जाजरकोट भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

पुँजीवादमा रूपान्तरण भएपछि एमाले अब जनताको दल नभएको समेत उनले आरोप लगाए । संघीयता र धर्मनिपेक्षता चाहिँदैन भन्ने केपी ओली संघीयताविरोधी रहेको उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भ्रष्टाचारमा चुर्लुम्म डुबेको व्यक्ति नेकपा एमाले पार्टीसँग आवद्ध भएमा पुरस्कृत हुने गरेको उनले बताए । नेकपा एमाले नामभन्दा बा माथि भएकाले एमालेलाई बा पार्टी नाम राख्न भन्दै उनले व्यंग्य पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्