Shikhar Insurance
National Life

५० लाख डोज कोरोना विरुद्धको चिनियाँ खोप बंगलादेश पुग्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १७:४९
Hyundai
NCELL
NIMB

एजेन्सी । चीनमा निर्मित थप ५० लाख डोज कोरोनाविरुद्धको खोप बंगलादेश पुगेको छ । सो खोप शनिबार बंगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए ।

प्रवक्ता मैदुलले भने – ‘बंगलादेशको राष्ट्रिय एयरलाइन्स विमान बंगलाबाट शनिबार अपरान्ह २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ । महामारी विरुद्धको लडाइँमा चीन सरकारको सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बंगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग पाएको छ । यो सबै अनुदान स्वरुप चीनले बंगलादेशलाई उपलब्ध गराएको हो ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्