Shikhar Insurance
National Life

सरकारलाई सर्वोच्चको प्रश्नः भिष्मराज ढुंगानालाई किन निलम्बन गरियो ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १५:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अदालत गएका छन् । निलम्बनमा परेपछि आफूले गैरकानूनी काम नगरेको भनदै उनी अदालत गएका हुन् ।

ढुंगानाले मन्त्रिवरिषदबाट भएको आफ्नो निलम्बनविरूद्ध उत्प्रेषण मुद्दा हालेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाएर भदौ २३ गते दायर भएको रिटमा २९ गते सर्वोच्चले सुनुवाइ गरेको छ । सर्वोच्चका न्यायधीश कुमार रेग्मीको एकल इजालासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

मुद्दामा ढुंगानाले स्टे अर्डरको अन्तरिम आदेश माग गरेका थिए । सर्वोच्चले सरकारी पक्ष र ढुंगाना दुवैको कुरा सुनेर मात्र अन्तरिम आदेश दिने जनाएको हो ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने क्रममा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद विषयमा सरकारले छानविन गरिरहेको छ ।

भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्दै ३ सदस्यिय छानबिन समिति गठन गरेको थियो । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा बनेको समितिमा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

सर्वोच्चले अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफल गर्न बोलाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्