Shikhar Insurance
National Life

१० अर्बकाे लगानीमा रौतामाई केबलकार निमार्ण कार्य सुरू, सडकको स्तरोन्नति

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १५:०८
Hyundai
NCELL
NIMB

उदयपुर । जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकास्थित वडा नं ६ को धार्मिक पर्यटकीयस्थल रौता पोखरी जोड्ने ग्रामीण सडक र रौता क्षेत्रको भौतिक पूर्वाधार व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ ।

गाईघाट मुर्कुची बजारदेखि पुवारे भञ्ज्याङ हुँदै रौता पोखरीसम्म जोड्ने ग्रामीण सडकलाई अब स्तरोन्नतिका लागि ग्राभेलिङसमेत गरेर रौतासम्म जोड्ने ग्रामीण सडक व्यवस्थित तथा स्तरोन्नति गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताए  ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तीन वर्षअघि प्रदेश नं १ सरकार र गाउँपालिकाको बजेटमा मुर्कुची पुवारे भन्ज्याङहुँदै रौता पोखरी क्षेत्रसम्म जोड्ने कच्ची सडक निर्माण गरिएको र अब दशैंँ पछाडिदेखि तत्काल नै सो सडक स्तरोन्नति र ग्राभेलिङ गर्दै लैजाने योजना सुरु गरिएको पालिकाका अध्यक्ष खडकाले बताए ।

यसका लागि प्रदेश सरकारको सहयोग र गाउँपालिकासहितको बजेटबाट सुरु गरिन लागेको पनि सो पालिकाका अध्यक्ष खड्का बताउछन् । प्रदेशसभा सदस्य नारायण बुर्जा मगरका अनुसार मुर्कुची पुवारे रौता जोड्ने ग्रामीण सडक पुनःनिर्माण तथा ग्राभेलिङको लागि आफ्नो पहलमा प्रदेश सरकारबाट केही बजेट व्यवस्थापन भइसकेको र गाउँपालिकासहितको बजेटमा अब ग्रामीण सडक सुधारको काम सुरु हुने बताए  ।

जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा रहेको रौता पोखरी क्षेत्रमा यस पटकदेखि नै पोखरी क्षेत्रसम्म नै विद्युत् विस्तार गरिन लागेको र रौता पोखरीक्षेत्र परिसरमा घुम्न आउने पर्यटकका लागि विश्राम गृहसहित विद्युत्समेत व्यवस्था गरिने योजना सुरु गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरी बताउछन् ।

रौता पर्यटन विकासका लागि १० वर्षीय बृहत गुरुयोजना बनाएर जिल्लाका आठ वटै पालिकाको आर्थिक सहयोगमा गुरुयोजना सञ्चालन भइरहेको कारण चार वर्षभित्र नै रौता पर्यटकीयस्थलमा सडक व्यवस्थापन, खानेपानी, सवारी पार्किङ, विश्राम गृह, जस्ता पूर्वाधार तयारी भइसकेको सो गाउँपालिकाले जनाएको छ ।

सदरमुकाम गाईघाट बजार हुँदै त्रियुगा नगरपालिकाको बेलदोभानबाट रौता पोखरीसम्म जोड्ने १९ किलोमिटर लामो केबुलकारसमेत जोड्ने कार्य सुरु हुन लागेको गाउँपालिकाले बताएको छ । त्रियुगाका नगर प्रमुख बलदेव चौधरीका अनुसार रौता जिल्लाको नै महत्वपूर्ण धार्मिकस्थल भएका कारण आफ्नै नेतृत्वमा तीन पटकसम्म सर्भे भएर जिल्ला सदरमुकाम गाईघाट बेलदोभान हुँदै रौता जोड्ने केबलकारको डिपिआरसमेत तयार भइसकेका कारण अब यस पटकबाट केबलकार जडानको कार्य सुरु हुन लागेको प्रमुख चौधरीले बताए  ।

झण्डै रु दश अर्ब लगानी लाग्ने केबलकार जडान कार्य गर्न जिल्ला बाहिरका विभिन्न कम्पनी तथा लगानीकर्ताबाट ६० प्रतिशत लगानी र आठ वटै पालिका तथा निजी क्षेत्रबाटसमेत गरेर ४० प्रतिशतको लगानीमा केबकार निर्माणकार्य सुरु हुन लागेको प्रमुख चौधरीले जानकारी दिए  ।

रौता पर्यटन विकासको गुरुयोजनाअनुसार दुई वर्षसम्म कोभिड– १९ सङ्क्रमणका कारण धेरै काम रोकिन पुगे पनि यस पटकदेखि तीव्र रुपमा विकासका काम अगाडि बढाउन लागिएको गाउँपालिकाले बताएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्