Shikhar Insurance
National Life

संविधान दिवसमा चितवन कारागारका २३ कैदीलाई आममाफी

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १४:३८
Hyundai
NCELL
NIMB

चितवन । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गरेकी छन् ।

आममाफी पाएका २३ जना कैदी आइतबार कारबागारबाट छुटेका चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नाैजना, कर्तव्य ज्यानका तीनजना, ज्यान मार्ने उद्योगका दुईजना, बहुविवाहका चारजना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले बताए । बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष कैदी छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेकाे छ । तर, यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको छ ।
न्युज कारखाना

GBIME

प्रतिक्रिया दिनुहोस्