Shikhar Insurance
National Life

विवादास्पद सेयर कारोबारी अग्रवालले सुरू गरे नयाँ अभियान !

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्साइडर ट्रेडिङ, कर्नरिङ तथा आफू संलग्न कम्पनीको रकम दुरूपयोग गरी सेयर कारोबार गर्ने विवादस्पद सेयर कारोबारी दीपेन्द्र अग्रवालले फेसबुक ग्रुप बनाएर नयाँ अभियान चलाएका छन् । मोटरसाइकल र्‍यालीदेखि कोणसभामार्फत् नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्ने अग्रवाल नयाँ फेसबुक ग्रुप बनाएर अभियान चलाउने भएका हुन् ।

नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई भ्रम फैलाउने काम निषेध गरेको छ । सेयर बजार घट्न थालेदेखि नै गभर्नरमाथि खनिएका अग्रवाल नियामकको निर्देशन विपरित काम सुरू गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनको फेसबुक ग्रुपको नाम हो, ‘इनफ इज इनफ @ सेयर मार्केट’ ।

नयाँ फेसबुक ग्रुप बनाउँदै अग्रवालले यसो भनेका छन् : (जस्ताको तस्तै)

 

विशेष आव्हान
आफ्नो अधिकारको रक्षाको लागि, आफ्नो सपनाको परिपुर्ति लागि, आफ्नो सम्पतिको सुरक्षाको लागि, आफ्नो लगानी स्वतन्त्रताको लागि, आफ्नो रोजि रोटिको लागि हामी एकबद्द भएका छौं र हुँदै गईरहेका छौँ!!
केही बर्ष अगाडि हामी केही जनाले बोलेको आवाज हिजो सयौं जना बोलिरहनु भएको छ भने आज हजारौं बोलिरहनु भएको छ! रोजि रोटि माथी नै हुने जुन सुकै किसिमको प्रहारका बिरुद्धमा हामी हजारौं मात्र हैन समग्र लगानीकर्ताले बिद्रोह सृजना गर्नु पर्ने बेला आएको हामीले महसुस गरेको छौ!!
जब अधिकार प्राप्त संस्था र ब्यक्ति निरीह भएर बस्छन, त्यसलाई झकझकाउन प्रकृतिले नै एउटा बिद्रोह जन्माउँछ! त्यही परिवर्तनको नाम आज “पुजिँ बजार संघर्ष समिती “को नामले विभिन्न सहरमा बुलन्द हुँदै गुन्जिरहेको छ!
पुँजी बजारको क्षेत्र राजधानी भित्र मात्रै सिमित हुनु हुदैन र लगानीकर्ताको पहुँच राजधानीमा मात्रै हुनु हुदैन, हामीले खोजेको र चाहेको यही हो!
यहि सत्यलाई अंगाल्दै हामी सबैको साझा आवाज बोल्नको निमित्त संगठित हुन चाहन्छौं।
हामी संगठित हुनु पर्छ, हामी एकबद्द हुनु पर्छ, हामी साँझा रुपमा अगाडि बढ्नुको विकल्प छैन! त्यसैले समग्र पूँजी बजारको स्थायित्वको निम्ति हिँडिरहेका, बोलिरहेका र लडिरहेका योद्धाहरु एक भई छाता संगठन तयार गरी अगाडि बढ्न, म आव्हान र घोषणा गर्दछु!
हाम्रा मागहरु पूरा नभए सम्म हामी देशब्यापी संघर्ष जारी राख्ने छौं!
प्रहरी र सरकारको दमनको बिरुद्द ७७ओटै जिल्लाका साथै विदेशमा भएका सबै लगानीकर्ताहरुलाई एक हुन हामी आव्हान गर्दछौं।
जो जहाँ छ हामी आन्दोलनकारी लगानीकर्ता एक जना होस् वा सय जना हामी सबै ४३लाख लगानिकर्ताको प्रतिनिधित्व गर्छौं!
तपाईं यदि काठमाडौँ बाहिर हुनुहुन्छ भने त्यहाँको नेपाल राष्ट्र बैंकको घेराउ गर्नुहोस, तालाबन्दी गर्नुहोस, धरना प्रदर्शन गर्नुहोस यदि तपाई देश बाहिर हुनुहुन्छ भने तपाइले नेपाली दूतावासको अगाडी गएर धरना प्रदर्शन गरेर बिरोध जनाउनुहोस , तपाई काठमाडौँमा हुनुहुन्छ भने नेप्से, सेवोन वा नेपाल राष्ट्र बैंक अगाडि एक्लो भए पनि तपाईको विरोध धरना प्रदर्शन गर्नुहोस साथै हामिलाई त्यस्ता गतिविधि हरुको , विरोध कार्यक्रमहरुको भिडियो पनि बनाउनु होस! हामी तपाईहरुले पठाउनु भएका भिडियोहरुलाई विभिन्न संचारका माध्यमहरु प्रयोग गरि थप बुलन्द बनाउने छौं।
फेसबुक, ट्यूटर, क्लवहाउस जस्ता समाजिक संजालहरुमा पनि आफ्नो विरोध जनाउन सक्नु हुन्छ। यसलाई गुरिल्ला वार ट्याक्टिस पनि भनिन्छ!
हामी संगठित भएर पुँजि बजार ध्वस्त पार्न खोज्ने जुनसुकै गिरोहलाई पनि भण्डाफोर गर्ने छौँ! नांग्गेझार पार्ने छौं जसले हाम्रो लगानी र सम्पति माथि गिद्दे नजर राख्ने छ! भत्काउने छौं त्यस्ता नियमन गर्ने निकायहरुलाई जसले अभिभावक्त्व निर्भाह गर्न सक्दैन! गलहत्याएर निकाल्ने छौं त्यस्ता गैरजिम्मेवार ब्यक्तिहरुलाई जो पुजिँ बजारको विकासको बिरुद्धमा उभिनु हुन्छ!
शेयर बजारको बिकाशको निम्ति एकढिक्का भएर अगाडि बढौं!
जय लगानीकर्ता!
जय पुजिँबजार!

तपाईंहरूको साथी,
दिपेन्द्र अग्रवाल

GBIME

प्रतिक्रिया दिनुहोस्