Shikhar Insurance
National Life

नेपालमा ‘गोप्रो हिरो टेन ब्ल्याक’ क्यामेरा भित्रियो, विशेषता र तस्बिरहरू

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार ०९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।

जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म ५.३ के को उत्कृष्ट गूणस्तरको भिडियो खिच्न सक्छ । साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत छ । धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ ।

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रो का लागि नेपालको एक मात्र आधिकारिक बितरक हो । नयाँ सुविधाहरुका कारण गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको हुनाले साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्स र अन्य श्रीजनात्मक ब्यक्तित्वहरुले मनमोहक दृश्य कैद गर्न उपयुक्त रहेको कम्पनीको दावी छ ।

गोप्रोका फिचरहरूः
जिपिटू प्रोसेसर – दुइ गुणा बढीको स्पिड
हाइपरस्मुथ ४.०
२३ मेगापिक्सल सेन्सर
६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडियो
१२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो
३३ फिटसम्म वाटरप्रुफ

GBIME

प्रतिक्रिया दिनुहोस्