Shikhar Insurance
National Life

बुद्धभूमि हाइड्रोले ८ करोडको आईपीओ असोज ११ देखि निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार ०९:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशनको २ प्रतिशतले हुने १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्छन् ।

प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित सेयरमा असोज १४ गतेसम्म आवेदन दिन सकिन्छ । र न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म भर्न पाइन्छ । बुद्धभूमिको आईपीओ निष्काशन सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्