Shikhar Insurance
National Life

विश्वमा आजः थाइल्यान्डमा सेनाको कु देखि मस्कोमा युद्धबिराम

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार ०९:३२
Hyundai
NCELL
NIMB

काठमाडाैं । आज सेप्टेम्बर १९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षितप्त घटनाः

तेल भण्डारण केन्द्रमा बिस्फोट
सन् २०१० गल्फ अफ मेक्सिकोको एउटा तेल भण्डारण केन्द्रमा ठूलो विस्फोट भएको थियो । कच्चा तेल भण्डारण केन्द्रमा भएको सो बिस्फोटमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका थिए । बिस्फोटअघि सो केन्द्रबाट पाँच महिनादेखि तेल चुहिएको थियो । सन् २०१० को सेप्टेम्बर १९ मा सो केन्द्र सील गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थाइलेन्डमा कु
सन् २००६ मा थाइलेन्डको सेनाले जननिर्वाचित सरकार कु गरेको थियो । थाइलेन्डका तत्कालिन जनरल सन्थी बुनयारटग्लिनप्रति भक्त सेनाले जननिर्वाचित प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई बर्खास्त गरी संसद र संविधान विघटन गरेको थियो ।

कार्ल १६औं स्वीडेनको राजा
सन् १९७३ मा कार्ल १६औं गुस्ताफ आफ्ना हजुरबुबा गुस्ताफ छैंटौं एडोल्फको उत्तराधिकारी घोषित भएका थिए । सन् १८० मा स्वीडेनमा राजउत्तराधिकारीसम्बन्धी कानुन संशोधन भएको थियो । जसअनुसार महिला वा पुरुष जो भए पनि राजपरिवारको पहिलो सन्तान राजउत्तराधिकारी हुन सक्छन् । स्वीडेन संवैधानिक राजतन्त्रामक देश हो ।

मस्को युद्धविराम
सन् १९४४ मा सोभियत युनियन, वेलायत र फिनल्यान्डबीच एतिहासिक शान्ति सम्झौता भएको थियो । सम्झौतापछि सोभियत युनियन र फिनल्यान्डबीचको तीन वर्ष लामो युद्ध समाप्त भएको थियो । यी दुई देशबीच सन् १९४१ देखि सन् १९४४ सम्म युद्ध भएको थियो ।

व्रिटीशबाट स्वतन्त्र
सन् १९८३ मा सेन्ट किट्स एन्ड नेभिसले ब्रिटीशबाट स्वतन्त्रता पाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्