Shikhar Insurance
National Life

माधव नेपालकै पार्टीका सांसदको भोटले मेरो सरकार जोगिन्छः मुख्यमन्त्री शाक्य

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार २०:४४
Hyundai
NCELL
NIMB

बर्दिबास । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर पनि गरिन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताएकी हुन् । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेता नेपालले नेकपा (एमाले)लाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन । उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको बताइन् । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्