Shikhar Insurance
National Life

एमाले अखिलको अध्यक्षमा सुनिता बराल

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार २०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४०६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिए ।

पुनःगठित केन्द्रीय कमिटीले नै आगामी अखिलको २३औँ महाधिवेशन गराउने उनले बताए । यस्तै उनका अनुसार बैठकले आगामी चैत २४ देखि २६ गतेसम्म अखिलको २३औँ महाधिवशेन गर्ने निर्णय गरेको छ । अहिलेको महाधिवेशन विसं २०७३ यता हुनसकेको थिएन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसकेछन् । उनी अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो व्यक्ति हुन् । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् । त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन् । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्