Shikhar Insurance
National Life

प्रदेश १ र बागमतिको मुख्यमन्त्री हामीले पाउँछौं, एक हप्ताभित्रै सरकारमा जान्छौंः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश १ र बागमतिको मुख्यमन्त्री आफ्नो पार्टीले पाउने बताएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चलाई एकिकृत समाजवादीमा रुपान्तरण गर्न आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सो कुरा बताएका हुन् ।

प्रदेश १ मा राजेन्द्र कुमार राई र बागमतिमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी छ । उनले यसै हप्ता मन्त्रीपरिषद विस्तार हुने र आफ्नो पार्टी सरकारमा जाने पनि बताए । ‘प्रदेश १ र बागमतिमा हाम्रो पार्टीका मुख्यमन्त्री बन्दैछन्, एक हप्ताभित्रै हामी संघीय सरकारमा पनि सहभागी हुँदैछौं, जनपतिक्षय काम गरेर पार्टीलाई जनतामाझ स्थापित गराउँछौं’, अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले देशैभर आफ्नो पार्टीमा गोलवद्ध हुने कार्यकर्ताहरुको संख्या बढिरहेको र आगामी निर्वाचनमा ओलीको भन्दा ठूलो पार्टी बनाएर देखाउने दावी पनि गरे ।

रौतहट–काठमाडौं सम्पर्क मञ्च एकिकृत समाजवादीमा रुपान्तरण
तत्कालिन एमालेको रौतहट–काठमाडौं सम्पर्क मञ्च नेकपा(एकिकृत समाजवादी)मा समाजवादीमा रुपान्तरण भएको छ । सचित कुमार कुँइकेल नेतृत्वको सिंगो कमिटी तथा त्यसका सबै पूर्व अध्यक्षहरुले एकिकृत समाजवादीमा रुपान्तरित भएको बताएका थिए ।

कार्यक्रममा संघीय संसदको विकास तथा प्रविधि समिति सभापति एंव पार्टी केन्द्रिय सदस्य कल्याणी खड्का, सांसद तथा केन्द्रिय सदस्य सरला यादव, संबिधान सभा सदस्य रामकुमार भट्टराई, एकिकृत समाजवादीको रौतहट जिल्ला कमिटी सचिव लक्ष्मण रेग्मी लगायतका नेता तथा सैयौंको संख्यामा कार्यकर्ताहरु सहभागी थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्