Shikhar Insurance
National Life

नेपाल बङ्गलादेश बैंकको १० औं एक्स्टेन्सन काउन्टर हेटौंडा सिमेन्ट उद्योगमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन १, शुक्रबार २१:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले हेटौंडामा नयाँ एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकले हटौंडा उपमहानगरपालिकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको हो ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरे । हेटौंडा उपमहानगरपालिकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

“सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बंैकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्