Shikhar Insurance
National Life

सुदुरपश्चिमबाट एकिकृत समाजवादीको सत्ता यात्रा, तामाङ बने आर्थिक मामिला मन्त्री

सिंहदरबार संवाददाता
२०७८ आश्विन १, शुक्रबार २१:०३
Hyundai
NCELL
NIMB

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन् । यसैगरी आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भइन् ।

नव नियुक्त मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराए लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । तामाङ तत्कालीन नेकपा (एमाले)बाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । मन्त्री तामा र बोहोरा दुबै नेकपा(एकीकृत समाजवादी) पार्टीमा आवद्ध छन् । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।
रासस

GBIME

प्रतिक्रिया दिनुहोस्