Shikhar Insurance
National Life

ज्वेलर्समा हुन्डी कारोबार, साढे ३८ लाखसहित सञ्चालक पक्राउ

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार ०९:५६
Hyundai
NCELL
NIMB

वीरगन्ज । पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका-.६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।ज्वेलर्सबाट मुद्राको अवैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्