Shikhar Insurance

भारतको राष्ट्रिय ध्वजा बाहक जहाज ‘एयर इण्डिया’ किन्ने टाटाको तयारी

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार २०:४५
NIMB
Nabil Bank

काठमाडौं । भारत सरकारले बुधबार आफ्नो राष्ट्रिय ध्वजा बाहक बीमान कम्पनी एयर इण्डिया खरिदका लागि कैयौं कम्पनीहरुले इच्छा देखाएका छन् ।

उता, टाटाले एयर इण्डियाको सेयर खरिदका लागि भाउ लगाएको छ । केन्द्र सरकारको लगानी विभागका सचिव तुहिन कान्ट पाण्डेले ट्वीट गरेर टाटाले एयर इण्डिया खरिदका लागि भाउ लगाएको जानकारी दिए । ‘एयर इण्डियामा लगानीका लागि भाउ लगाउने काम सकिएको छ, अब प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, उनले ट्वीटमा भनेका छन् ।

Citizen Life
Kumar Bank

भारत सरकारले एयर इण्डियाको सबै सेयर बेच्ने तयारी गरिरहेको छ । जनवरी २०२० मा सुरु भएको बिक्रि प्रक्रिया कोरोना महामारीका कारण ढिला भएको हो । २०२१ को अप्रिलमा भाउ लगाउने कम्पनीहरुलाई मूल्य प्रस्ताव गर्न भनेको हो । र १५ अगष्टको दिन त्यस्तो बोली लगाउने अन्तिम दिन हो ।

टाटाले सन २०२० को डिसेम्बरमा एयर इण्डियाले सेयर खरिदका लागि आसय पत्र पेश गरेको थियो ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्