Shikhar Insurance
National Life

खुर्सानीमा आत्मनिर्भर बन्दै उदयपुरको बेलका

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १३:१२
Hyundai
NCELL
NIMB

उदयपुर । उदयपुरको बेलका नगरपालिका अहिले खुर्सानीमा आत्मर्निभर बन्ने तयारीमा छ । खुसार्नीले बजार र मूल्य सहजै पाउन थालेपछि बेलका नगरपालिका-६ मा खुसार्नी खेती फस्टाउँदै गएको हो ।

नगरपालिका- ६ को देउरालीमा अकबरे खुर्सानीको चक्लाबन्दी खेती सुरु गरिएको हो । व्यावसायिक खुर्सानी खेतीमा किसान आकर्षित हुँदै गएपछि बेलका नगरपालिकाले बिउबीजन तथा प्राविधिक सहयोग गरेपछि यहाँका किसान खुर्सानीमा आकर्षित भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२१ घर धुरीले २० रोपनी क्षेत्रफलमा चक्लाबन्दी खुर्सानी खेती गरिरहेका छन् । अकबरे खुर्सानी उत्पादन गर्न मौसम प्रतिकूल रहने स्थान भएकाले किसानलाई तालिम प्रदान गरी खुर्सानीको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

लिबड सामर्थ्य परियोजनाअन्तर्गत कृषकलाई आवश्यक पर्ने प्राविधिक सहयोग, बिउबीजन, सिँचाइका लागि स्वाइल सिमेन्ट सिँचाइ पोखरी स्थापना गरेको वरिष्ठ कृषि प्राविधिक कार्तिकलाल चौधरीले बताए ।

खुर्सानी नगदे बाली भएकाले पनि छोटो समयमै कृषकले आम्दानी लिने हुँदा खुर्सानी खेतीमा किसान आकर्षित हुन थालेको बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले बताए । ‘उत्पादनमा हाम्रो साथ, बस्दिँन म खाली हात’ भन्ने नगरको नारालाई सार्थक बनाउन बेलका नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजनामा कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले हरेक वडामा पकेट जोन, सुपर जोनलगायतका कार्यक्रम संचालन हुँदै आएका थापाले बताए ।

कृषिमा आधुनिकीकरण गर्न किसानलाई तालिम, यन्त्र, उपकरण हस्तान्तरणलगायतको काम नगरले संचालन गरिरहेको छ । तरकारी तथा फलफूल नष्ट हुन नदिन बेलका नगरपालिकामा दुईवटा मिनी कोल्ड स्टोर संचालनमा रहेका र असोज अन्तिमसम्ममा निर्माण सकिने गरी ५०० टन क्षमताको कोल्ड स्टोर निर्माण भइरहेको थापाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्