सप्तरी । सप्तरीको कञ्चरुप नगरपालिकाले पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता लिन महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कंचनरुप नगरपालिकाले २ लाख ४३ हजार खर्चेर स्थानीय चार पत्रकारलाई ल्यापटप वितरण गरेको थियो।
पालिकाको सम्पत्ति बाहिर उपयोग गर्न दिन नमिल्ने भन्दै फिर्ता लिएर नगरपालिकाको आम्दानीमा बाँध्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाले जानकी ट्रेडर्सबाट चार थान ल्यापटप किनेर पत्रकारलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्