Shikhar Insurance
National Life

विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा सामान्य वृद्धि

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १३:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । विकास बैंकहरुको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य वृद्धि भएको छ । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.१५ प्रतिशत र कर्जा लगानी ०.७३ प्रतिशतले बढाएका हुन् ।

गत सातामा विकास बैंकहरूले तीन अर्ब १४ करोडले कर्जा विस्तार गर्दा निक्षेप संकलन ७३ करोड रुपैयाँले मात्रै बढाएका छन् । भदौ महिनाको चौथो सातामा १५ वटा विकास बैंकहरूमा ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत भदौ १९ गतेसम्म विकास बैंकहरूको निक्षेप चार खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेकोमा २५ भदौसम्म चार खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । एक सातामा विकास बैंकहरूको निक्षेप ०.१५ प्रतिशतले बढेको हो ।

यसअवधिमा राष्ट्रिय, क्षेत्रीयस्तरका विकास बैंकहरूको निक्षेप २५ करोड रुपैयाँले घटेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अनुसार क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले गिरावट आएर सात खर्ब १९ अर्ब एक करोड रुपैयाँमा सीमित भएको छ । गत साता यी बैंकले सात खर्ब २१ अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्