Shikhar Insurance
National Life

एमाले नेता शंकर पोखरेलमाथि अपहरण मुद्धा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)की प्रदेश सभा सदस्य विमलाकुमारी वलीले पोखरेलसहित चार जना विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी हुन् ।

सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा पूर्वमुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका (चालक) तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरूद्ध जाहेरी दर्ता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तत्कालीन मुख्यमन्त्री पोखरेलको निर्देशनमा साउन १५ गते सांसद वलीलाई दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित घरबाट जबरजस्ती उठाएर ल्याएको र मुख्यमन्त्रीको बुटवलस्थित कार्यालयमा ५ दिनसम्म बन्धक बनाएर राखेको आरोप छ । ओलीले आफैं प्रहरी कार्यालय पुगेर जाहेरी दर्ता गराएकी थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्