Shikhar Insurance
National Life

अपर तामाकोशीले बोलायो साधारण सभा, लाभांश दिने योजना छैन्

सिंहदरबार संवाददाता
२०७८ भाद्र २८, सोमबार ०९:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । अपर तामाकोशी जलविद्युत आयोजनाले साधारण सभा बोलाएको छ । कम्पनीले असोज १९ गते १२ औं र १३ औं वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।७६ र २०७६।७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने लगायतका एजेण्डासहित साधारण सभा गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारण सभा प्रयोजनका लागि असोज ४ गते एक दिन बुक क्लोज हुनेछ । कम्पनीले यसपाली लाभांश दिने छैन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा सहभागी हुने चार जना सञ्चालक छान्ने कार्यसूचि पनि समावेश गरिएको छैन् ।

अपर तामाकोशीले हाल आफ्नो कुल जडित क्षमता अनुसार नै ४५६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । कम्पनी गत आर्थिक बर्षमा ४ करोड १६ लाख रुपैयाँ घाटामा थियो। व्यवसायीक उत्पादन थालेसँगै कम्पनीले केहि वर्षदेखि आकर्षक लाभांश दिने बताउँदै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्