Shikhar Insurance
National Life

ओलीले ‘सुदुरपश्चिमको इञ्चार्ज लेखराज भट्ट नै हुन्’ भनेपछि बालकोटमा ओली-रावल चर्काचर्की

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले सुदुरपश्चिम प्रदेशको इञ्जार्च लेखराज भट्ट नै हो भनेपछि बालकोटमा ओली र भिम रावलबीच चर्काचर्की भएको छ ।

१० बुँदे समझदारीका आधारमा पार्टी एकता गर्ने भन्दै ओली एमालेमा छिरेका रावललाई आइतबार ओलीले ‘सबक’ सिकाई दिएका हुन् । ओलीले १० बुँदे सहमतिको सिर्जनात्मक प्रयोग गर्ने भन्दै सुदुरपश्चिम प्रदेशको इञ्चार्ज रावल नभएर भट्ट नै रहेको स्पष्ट पारिदिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीको कुरा सुनेपछि रावलले १० बुँदे समझदारी अनुसार अघि बढ्नुपर्ने भनेका थिए । तर ओलीले जेठ २ पुनः नफर्कने भन्दै रावललाई जवाफ लगाएका थिए । ओलीको जवाफपछि बालकोटमा ओली र रावलबीच केहिबेर चर्काचर्की परेको थियो ।

सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्