काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीमा जान पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका सांसदद्धय सोम प्रसाद पाण्डे र शारदा भट्टलाई कारवाही नगर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको छ ।
उनीहरुले माधव नेपालको पार्टीमा जान पाउँ भन्दै निवेदन दिएका थिए तर आयोगले पार्टी गठन प्रयोजनका लागि बुझाएको सूचिमा नाम समावेश नभएको भन्दै सनाखत गर्न अस्विकार गरेको थियो ।
समाजवादी पार्टीमा जान निवेदन दिएका उनीहरुलाई केपी ओलीको एमालेले कारवाही गर्ने सम्भावना थियो । सम्मावित कारवाहीलाई रोक्दै एकिकृत समाजवादीमा जान पाउँदै भनि उनीहरुले सर्वाेच्च अदालतमा मुद्धा हालेका थिए ।
सो मुद्धामा सर्वाेच्च अदालतले भदौ २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्