Shikhar Insurance
National Life

ट्राफिक जनचेतना बढाउने काममा नाडाको निरन्तर योगदान, शुक्रबार गर्‍यो यस्तो सहयोग (तस्बिरहरु)

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । ट्राफिक जनचेतना बढाउन नाडाले गर्ने सहयोगलाई निरन्तर कायम राखेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौंको त्रिपुरेश्वरमा एउटा औपचारिक कार्यक्रमका बीच ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक सञ्जिव शर्मालाई ट्राफिक जनचेतना सम्बन्धी विभिन्न सामग्रीहरु हस्तान्तरण गरे ।

दुलालले शर्मालाई १० हजार थान ‘नो हर्न’ स्टिकर, ५ हजार थान कोभिड १९ विरुद्धको मास्क, २ सय वटा ‘तपाईंको मास्क खोइ ?’ लेखेको चेतनामूलक ब्यानर र २ सय वटा ‘ट्राफिक नियम पालना गरौं’ लेखेको ब्यानर हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जनचेतनामुलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्