Shikhar Insurance
National Life

एमसीसी सैन्य रणनीतिको हिस्सा होइन भनेर लिखित प्रतिवद्धता जनाउनुपर्छः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नव गठिगत नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी परियोजनामा सैन्य रणनीति नजोडिएको प्रतिवद्धता जनाउनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशको नेपालगञ्जमा युवा संघ प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा आफुले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताए । ‘सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु पर्‍यो । यो परियोजनामा विकासको कुरा मात्रै छ भन्नु पर्‍यो,’ उनले सुरक्षा रणनीतिसँग जोडिएको भएमा एमसीसी नेपाललाई नचाहिने पनि स्पष्ट पारे । ‘सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन’, नेपालले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्