Shikhar Insurance
National Life

कोरोना प्रभावित पाँच लाख परिवारलाई दशैं मनाउन १०।१० हजार

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार २१:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कोरोना प्रभावित पाँच लाख परिवारलाई दशै मनाउन १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एंव असंगठित क्षेत्रमा रहेका अति विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने र त्यस्तो रकम स्थानीय तहहरुसँग समन्वय गरेर असोज महिनाभित्रै उपलब्ध गराउने निर्णय गरेको हो । अर्थमन्त्रीले प्रतिनिधी सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै असोज भित्रै पाँच लाख गरिबलाई प्रति परिवार १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्