Shikhar Insurance
National Life

घट्यो बजेटको आकार, आर्थिक वृद्धिको लक्ष्य भने बढ्यो : बजेट १६ खर्ब ३२ अर्ब, आर्थिक वृद्धि ७ %

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । अथर्मन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएका छन् । निवर्तमान सरकारका अर्थमन्त्रीले विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्यारको बजेट परिमार्जन गर्दै उनले १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट संसदमा पेश गरेका हुन् ।

मन्त्री शर्माले पौडेलले ल्याएको अध्यादेश प्रतिस्थापनका लागि संसदमा पेश गरेको आर्थिक विधेयकअनुसार बजेटको आकार १५ अर्बले घटेको हो । पौडेलले १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेटको आकार घटाएपनि मन्त्री शर्माले आर्थिक वृद्धिको लक्ष्य भने बढाएका छन् । देउवा सरकारले चालु आव ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । पौडेलको अध्यादेश बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको थियो । मुद्रास्फीतिको लक्ष्य भने पौडेल र शर्माको बराबर छ ।

बजेटका अधिकांश व्यवस्था पौडेलले ल्याएको अध्यादेश बजेटकै जस्तो छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्