Shikhar Insurance
National Life

तेह्रथुम पावरको आईपीओ बाँडियो, तपाईंलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले शुक्रबार बिहान तेह्रथुम पावरको आईपीओ बाँडफाँड गरेको हो ।

कुल आवेदकमध्ये ७४ हजार ४ सय जनाले १०।१० कित्ता सेयर पाएका छन् । आईपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकले ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएको बाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो । तेह्रथुम पावरले भदौ ९ गतेदेखि १३ गतेसम्म आईपीओमा आवेदन खुलाएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । स्थानियलाई चार करोड र सर्वसाधारणलाई आठ करोडको आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुगेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्