Shikhar Insurance
National Life

टीआर लोनको अवधि घट्यो, आयात कर्जा अब ९० दिनका लागि मात्र पाइने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले टीआर लोनको अवधि घटाएको छ । बैंक तथा वित्तीय संस्थाबाट अबदेखि ९० दिन अवधिका लागि ट्रस्ट रिसिप्ट लोन लिन पाइने भएको हो ।

एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै केन्द्रिय बैंकले टीआर लोन, बिल्स डिस्काउन्टिङ वा यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा ९० दिनका लागि मात्र प्रवाह गर्न पाइने व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै साइट एलसी कारोबारका लागि बैंक तथा वित्तीय संस्थाले ९० दिनका लागिमात्र परिवर्त्य विदेशी मुद्रा (अमेरिकी डलर)मा ऋण दिनेछन् ।

यस्तै कोभिड प्रभावित क्षेत्रमध्ये बाह्य पर्यटकमा निर्भर हुनुपर्ने व्यवसायीलाई कोभिड १९ को असर मूल्यांकन गरी २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा व्षज दायित्वलाई छुट्टाछट्टै हिसाब राखी २ वर्षसम्मा कम्तीमा ४ किस्तामा असुली गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्